- असार ०६, २०८०
काठमाडाैं, २ पुस । सहकारीको रकम दुरुपयोगको अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। त्यसलाई अदालतले सदर गरेको अदालका श्रेस्तेदार राजन खनालले जानकारी दिए।
कास्की प्रहरीले साेमबार अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मंगलबार लामिछानेलाई अभियाेग पत्र दायर गरुन्जेल हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
टिप्पणीहरू: