सोमबार, ०८ पुस २०८१

रवि लामिछानेलाई आठाैं पटक अदालतमा उपस्थित गराइयाे


 काठमाडाैं, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले आज आठौँपटक अदालत उपस्थित गराएको छ। 

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो। 

यसअघि सातौँपटक मंसिर २७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति अदालतसँग लिन लागेको हो। 

उनीसँगै प्रहरीले गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लीला पछाईंलाई पनि अदालत उपस्थित गराएको छ। 

नियमानुसार रविविरुद्ध आज थपिने हिरासत म्याद अन्तिम हुन्छ।  सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ