सोमबार, २९ पुस २०८१

रवि लामिछानेको थुनछेक बहस सुरु


काठमाडाैं, २९ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा अहिले थुनछेक बहस सुरु भएकाे छ। 

 काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो। 

रविविरुद्ध बहस गर्नेको सूचीमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जना अधिवक्ता छन्।  बहस बिहान ११ बजेपछि सुरु भएको हो। 

सरकारी वकिलको बहसपछि रविका पक्षबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ