- असार ०६, २०८०
सांकेतिक तस्बिर
सुन्दरहरैँचा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ।
मोरङ क्षेत्र नं २ को मतगणनास्थलमा रहेको अवस्थामा अचानक बिरामी भएका रेग्मीको आज निधन भएको हो।
उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ।
टिप्पणीहरू: