- असार ०६, २०८०
काठमाडौं, २० कार्तिक । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन जारी राखेको छ । विरोध प्रदर्शनमा उत्रिएका उत्रिएका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको छm भने अदालत बाहिर उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् ।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
टिप्पणीहरू: