शुक्रबार, २९ चैत २०८१

रुपन्देहीमा रवि लामिछानेको बयान सकियाे


काठमाडाैँ। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ।

बुधबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएकाे लामिछानेको बयान सकिएकाे हो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा उनकाे बयान भएकाे हाे। बयान सकिए पनि थुनछेक बहस भने आज नहुने भएकाे छ।

सुप्रिम सहकारी ठगी मुद्दामा बयान दिन उनी मंगलबार रुपन्देही पुगेका थिए। लामिछाने बुधबार बिहान आफैँ अदालतमा उपस्थित भएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ