- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न आग्रह गरेका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।
‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।’ उनले भने ।
विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको उनकाे भनाई थियाे ।
गत फागुनको निर्वाचन तमासामात्र भएको भन्दै ओलीले परिणाम पूर्वनिर्धारित भएको दावी गरे ।
टिप्पणीहरू: