शनिबार, ३० चैत २०८१

रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर


काठमाडौँ। बाल यौन दुरूपयोगकाे आराेपी रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाे छ।

साेमबार जिल्ला अदालत सर्लाहीमा बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हाे। उनीविरुद्ध ८ करोड ५९ लाख रुपैयाँको बिगो दाबी गरिएको हो।

बमजनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०८० पुस २४ गते पक्राउ गरेको थियो।

साेही समयमा काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि सम्पत्ति शुद्धीकरणकाे प्रक्रिया सुरु गरेको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ