आइतबार, ०७ वैशाख २०८२

राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाहीलगायत नेताहरू सिंहदरबारबाटै पक्राउ


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू सिंहदरबारभित्रैबाट पक्राउ परेका छन् ।

आइतबार दिउँसो सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले  अध्यक्ष लिङदेनसहित नेताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरू रहेका छन् ।

उनीहरूले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेका थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ