शनिबार, ०६ वैशाख २०८२

काठमाडाैंमा पानी पर्याे, वायु प्रदूषण घट्ने


 काठमाडाैं ।  लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भक्तपुर र ललितपुरका केही क्षेत्रमा अहिले पानी परिरहेकाे छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।

काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले जानकारी दिए ।

वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घट्ने सम्भावना बढेकाे छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ