बुधबार, ०४ असार २०८२

तीन लाख धरौटी बुझाएर रबिन्द्र मिश्र रिहा


काठमाडाै‌ं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र मंगलबार तीन लाख धरौटी बुझाएर रिहा भएका छन् ।

चैत १५ गते काठमाडोँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि उनलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

रिहा भए लगत्तै मिश्रले नेपालको न्यायप्रणालीमा विश्वास बढेको बताएका छन्। 

‘राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ। अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा विवेक प्रयोग गर्दो रहेछ। नेपालको न्यायलयमाथि एकदम दृढ विश्वास बढेको छ।’ उनले भने ।

 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ