बुधबार, ०४ असार २०८२

कांग्रेसकाे आकस्मिक बैठकमा गृहमन्त्रीकाे राजीनामाबारे कुरा उठ्ने छैन


काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि असार १५ गते बस्नेगरी तय भएको बैठक आज बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको सोमबार निधन भएपछि त्यसमा शोक प्रस्ताव पारित गर्नेलगायत कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो ।

शास्त्रीको पार्थिव शरीर बिहीबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीँबाट शवयात्रा सुरु गरिनेछ ।

शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

बजारमा हल्ला भए जस्ताे आजकाे बैठकमा गृहमन्त्री रमेश लेखककाे राजीनामाकाे कुरा नउठ्ने कांग्रेसका एक नेताले जानकारी दिए । गृहमन्त्रीकाे राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद अवरुद्ध गर्दै आएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ