शनिबार, २४ साउन २०८२

रिहाइकाे माग गर्दै रवि लामिछानेले दिए रूपन्देही अदालतमा निवेदन


फाइल तस्बिर

काठमाडाैँ। सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै बैंक जमानतमा रिहाइको माग गर्दै  साउन १९ गते अदालतमा निवेदन दर्ता गरेका हुन्।

उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन्।

दफा ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ भने ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था गरिएकाे छ।

सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग गरेका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ