- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समुहकाे बैठक सुरु भएको छ। शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा बैठक राखेका हुन्।
धुम्बाराहीस्थित होटल स्मार्टमा जारी बैठकमा खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बोलाएका छन्।
बैठकमा निर्वाचनको समीक्षा, आगामी महाधिवेशन, पार्टीभित्रको आन्तरिक अवस्थाबारे समीक्षा गर्ने तयारी गरेको छ। बैठकमा खड्कासहित , श्याम घिमिरे, एनपी साउद, मोहनबहादुर बस्नेत, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्रि पाण्डे, जीवन परियार. मान बहादुर विश्वकर्मा
लगायतका नेताहरू सहभागी छन्।
विशेष महाधिवेशन मार्फत सभापति भएका थापालाई देउवा समुहले स्वीकार गर्न सकेकाे छैन ।
टिप्पणीहरू: