- असार ०७, २०८०
काठमाडौं । यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात बन्द गरेका छन्।
यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले समितिको आह्वान अनुसार सार्वजनिक यातायात सञ्चालन नभएकाे जानकारी दिए ।
यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गरेका छन्। गत शुक्रबारदेखि गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात ठप्प बनाएका व्यवसायीले आन्दोलनलाई देशव्यापी बनाएका हुन्।
सार्वजनिक सवारी ठप्प भएपछि सर्वसाधारण मारमा परेका छन् । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने भने पनि कार्यन्वनयन नगर्दा सार्वजनिक यातायात बेथितिकाे नमुना बनेकाे छ ।
टिप्पणीहरू: