बिहिबार, ०५ असार २०८२

प्रदेश सांसद दिपक मनाङे पदमुक्त


फाइल तस्विर

काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्‌वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो ।

उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।

नेकपा एमालेकाे सहयाेगमा स्वतन्त्र सांसद निर्वाचित मनाङे गण्डकी प्रदेशमा पटक पटक मन्त्री भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ