शुक्रबार, ०५ मंसिर २०८२

एमाले कार्यकर्ता पक्राउकाे माग गर्दै बारामा आज पनि प्रदर्शन


काठमाडौं ।  बाराको सिमरामा आज पनि जेनजी युवाले प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश  जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।

आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।

स्थानिय एमाले कार्यकर्ताले जेनजी युवालाई हात पात गरेपछि बुधबार सिमरामा जेनजी युवाले प्रदर्शन गरेका थिए । उनीहरुकाे प्रदर्शनका कारण एमाले महासचिव शंकर पाेखरेल काठमाडाै‌ंमै राेकिएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ