- असार ०७, २०८०
काठमाडौं । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका एकजना कैदीले घर पुगेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जेलबाट छुटेका सन्तबहादुर तामाङले काभ्रेपलाञ्चाकको पनौती नगरपालिका वडा नम्बर १२ कलाँती स्थित घरमा पुगेर श्रीमती जमुनाकाे हत्या गरेर करेसामा गाडेकाे प्रहरीले जनाएकाे छ ।
३१ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा घर पछाडी गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
सन्तबहादुर २४ गते नख्खु कारागारबाट फरार भएर घर पुगेका थिए । जर्बजस्तीकरणी उद्योगमा ३ वर्षे कैद सजाँय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।
मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् । थप विवरण आउन बाँकी नै छ ।
टिप्पणीहरू: