- असार ०७, २०८०
काठमाडाैं । विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की पनि आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएकी छन्।
कञ्चनपुरबाट २ वर्षअघि इजरायल गएका जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी गाजामा लगेर बन्धक बनाएको थियो। केही दिनअघि मात्र हमासले उनको मृत्यु भएकाे जानकारी गराउँदै शव इजरायललाई हस्तान्तरण गरेकाे थियो।
उनको शव आज काठमाडौँ ल्याइँदै छ। त्यस क्रममा विपिनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने उनको सचिवालयले जनाएको छ।
काठमाडौँ ल्याइसकेपछि विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
टिप्पणीहरू: