बुधबार, १८ चैत २०८२

प्रधानमन्त्री शाहले गरे मधेस प्रदेशका सांसदसँग छलफल


काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदसँग  छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिएका थिए।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई  सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयो।’

प्रधानमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसकेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ