आइतबार, ०९ कात्तिक २०८२

मन्त्री सिफारिस भएका खगेन्द्र सुनार विवादमा परेपछि प्रधानमन्त्री छलफलमा


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम विवादमा परेपछि प्रधानमन्त्री सुशीला कार्की आन्तरिक छलफलमा जुटेकी छन्।

मन्त्री सिफारिस भएलगत्तै सुनारको नाम विवादमा परेपछि उनलाई शपथ खुवाउने कि नखुवाउने भन्नेबारे प्रधानमन्त्री कार्की छलफलमा जुटेकी हुन्।

श्रममन्त्रीमा सुनार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका थिए।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी नेपाल प्रहरीको फरार सूचीमा रहेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेकी हुन्।

मन्त्री सिफारिस भएकाहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ