- असार ०६, २०८०
काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पछाडि परेकाे छ ।
अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिटमा पनि डेमाेक्रेटिकले खोसेको छ ।
प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन् ।
अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो ।
अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो । यस निर्वाचनमा राष्ट्रपति परिवर्तन हुँदैन, तर संसदमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्णय भने हुन्छ । सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा भइरहेको हो ।
मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ । राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भएको यो निर्वाचनलाई पनि उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।
टिप्पणीहरू: