मङ्गलबार, ०३ चैत २०८२

राष्ट्रपति पौडेलद्वारा ओलीप्रति समवेदना व्यक्त


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ