- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो ४ बजे शीतल निवासमा बस्नेगरी राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बाेलाएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेकाे अवस्थामा राष्ट्रपतिले छलफल गर्न लागेका हुन्।
टिप्पणीहरू: