शुक्रबार, २३ साउन २०८२

प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर दिने भएको छ । २९ औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ ।

आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए  । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनको भनाई छ । 

अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ । 

ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेशन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताए । डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरुलाई अझ सरल र प्रभावकारी बनाएको अध्यक्ष मल्लले जानकारी दिनुभयो  । उनले भने, “ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो ।”

संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत कम्पनीले समाजस“ग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पु¥याउने कार्यलाई प्राथमिकता दिएको प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्लले बताए । स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभु इन्स्योरेन्स सक्रिय रह“दै आएको उनको भनाई छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ