- असार ०६, २०८०
काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई बुधबार पक्राउ गरेकाे प्रहरीले विहिबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेकाे छ ।
जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ ।
यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो ।
नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।
प्रेश काउन्सिलका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठकाे पक्राउविरुद्ध महासंघले आन्दाेलनकाे तयारी गरेकाे छ ।
टिप्पणीहरू: