- असार ०७, २०८०
काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दाेलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जहरुलाई उपत्यका नछाड्न निर्देशन दिएकाे छ ।
भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको हाे ।
प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।
आयाेगले अहिले घटनामा संलग्न विभिन्न पक्षसँग बयान लिइरहेकाे छ ।
टिप्पणीहरू: