आइतबार, २६ असोज २०८२

मुग्लिङ–नारायणगढ सडकमा अलपत्र परेका यात्रुहरुलाई खाजा र पानी वितरण गर्दै प्रहरी (तस्बिरहरू)


काठमाडाैँ। चितवनस्थित मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार साँझ ६ः२५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हाे।

पहिरोले सडक अवरुद्ध हुँदा हजाराैँ यात्रु अलपत्र परेका छन्। अलपत्र परेका यात्रुहरुलाई अहिले नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरूले सहजीकरण गरिरहेका छन्।  

जिल्ला सुरक्षा समिति, चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा प्रहरी र अन्य सुरक्षा निकायले यात्रुहरुलाई खाजा र पानी वितरण तथा सहजीकरण गरेकाे हाे। 

उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी रहेकाले आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेकाे छ। 

तस्बिर: नेपाल प्रहरी

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ