- असार ०६, २०८०
पोखरा । पोखरामा विभत्स हत्या गरिएकी सिर्जना पौडेल केसीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
पारिवारिक अंश मुद्दा झेल्दै आएकी सिर्जनाको उनकै भान्जाले हत्या गरेको प्रहरीले जनाएको छ । चैत २५ गते साँझ शिवालय चोकबाट सभागृह चोकतर्फ जाने क्रममा सिर्जनाको धारिलो हतियार प्रयोगबाट हत्या भएको थियो । मोटरसाइकल चढेर आएकाले उनलाई हतियार प्रयोग गरेर भागेका थिए ।
दुई वर्ष अघि श्रीमानको मृत्यु भएपछि पृथ्वीचोकमा सञ्चालन गरेर बसेकी सिर्जनाको तीन वर्षको छोरी पनि छिन् ।
चार वर्ष अघि जेठी श्रीमतीले विष सेवन गरेर मृत्यु भएपछि तीन वर्ष अघि सिर्जना र कृष्ण केसीको विवाह भएको थियो । दुई वर्ष अघि कृष्णको पनि मृत्यु भयो । श्रीमानको निधनपछि छोरी स्यहार्दै बसेकी उनी एकल महिला हुन् । श्रीमानको मृत्युपछि पारिवारिक कलह झेलेकी सिर्जनाले अदालतमा अंश मुद्दा हालेकी थिइन् । सोही कारण उनको हत्या भएको प्रहरीको निष्कर्ष छ । उनको हत्यामा संलग्न उनको भान्जा यसअघि पटक पटक लागु औषध, अभद्र व्यवहार र चोरी मुद्दामा जेल परेका व्यक्ति हुन् ।
टिप्पणीहरू: