शुक्रबार, ०५ मंसिर २०८२

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् ।

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् ।

अधिवक्ता सिलवालका अनुसार निवेदनको पहिलो पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।

अदालतले कात्तिक १६ मा अन्तरिम आदेश जारी गरेकाे थियाे भने १७ कात्तिकमै आदेशको उल्लंघन गर्दै सरकारले राजदुतहरुलाई  मन्त्रालयमा हाजिर हुनेगरी फिर्ता आउन पत्राचार गरेको थियो । 

फिर्ता भएकामध्ये चार जना राजदूतले राजीनामा दिइसकेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ