बिहिबार, ०२ असोज २०८२

बनस्थलीमा बसकाे ठक्करबाट पैदलयात्रुकाे मृत्यु, चालक फरार


काठमाडाैं ।  काठमाडौँको बनस्थलीमा आज बिहान बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।

आज बिहान करिब साढे पाँचबजेततिर स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा वृद्ध पैदल यात्रीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौँ महानगरपालिका १६ बालाजु बनस्थली बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेका प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए। 

दुर्घटनापछि स्थानीयले बस चालकलाई पक्राउ गर्न माग गर्दै सडकमै शव राखेर प्रदर्शन गरेका छन्। दुर्घटनापछि बसका चालक फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ