सोमबार, ०८ पुस २०८१

पुथाउत्तरगंगामा माओवादीले मतान्तर बढायो, कांग्रेस–एमाले गठबन्धन कमजोर


काठमाडौं, १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता बढाउदै जाँदा एमाले–कांग्रेस गठबन्धन कमजोर बनेको छ । 

माओवादी केन्द्रकी नरपूरा बुढाले एक हजार ८७८ मतसहित अग्रता कायम राखेकी छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचनले एक हजार ५३ मत ल्याएकी छन् । उनी  कांग्रेसको चुनाव चिन्हमा निर्वाचन लडेकी हुन् ।

०८४ मा एक्ला एक्लै भिड्ने दावी गर्दै आएका कांग्रेस एमालेले रुकुमपूर्वको पुथाउत्तरगंगामा गठबन्धन गरेर चुनाबमा होमिएका थिए ।

अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ