- असार ०७, २०८०
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन्।
पतञ्जली जग्गा प्रकरणमा बयान दिन अध्यक्ष नेपाल बुधबार अदालतमा हाजिर भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियाे।
माधव नेपाललगायतविरुद्ध काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोग छ।
टिप्पणीहरू: