बिहिबार, ०५ असार २०८२

प्रधानमन्त्री ओलीलाई ब्याङ्य गर्दै पशुपति शर्माको ‘झोले’ गीत सार्वजनिक


काठमाडौं । गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । लोकगायनमा सक्रिय पशुपतिले ‘झोले त तै, झोले त मैं’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १७ गते काठमाडौंमा आयोजित बुद्धिजीवी परिषदको महाधिवेशनमा सहि कुराको समर्थन गर्दा झोले भनिन्छ भने आफुलाई अप्ठ्यारो नलाग्ने बताएका थिए । 

त्यसको तीन दिनपछि प्रधानमन्त्री ओलीले आफ्नो तस्विर सामाजिक सञ्जाल फेशबुक मार्फत ‘म झोले हो’ भनेर सार्वजनिक गरे । उक्त पोष्टरमा लेखिएको थियो ‘ ओलीले सार्वजनिक गरेको पोस्टरमा लेखिएको थियो ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम हो ।’ 

एमाले नेता कार्यकर्ताले त्यसलाई ब्यापक बनाए र सामाजिक सञ्जालमा आलोचना पनि भयो । यहि सन्दर्भ समेटेर पशुपति शर्माले गाएको गीतलाई एमालेले कसरी हेर्ने हो हेर्न बाँकी नै छ ।

ओलीलाई मन नपर्ने गायक

पहिलो पटक ओली प्रधानमन्त्री भएकै बेला पशुपतिले गीत गाएका थिए ‘लुटन सके लुट...’ गीतले जनस्तरमा राम्रै प्रभाव पारेको थियो तर, तत्कालिन प्रधानमन्त्री ओलीलाई चित्त बुझेन र गीत ब्याण्ड गर्ने आदेश दिए । 
 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ