शनिबार, २४ जेठ २०८२

माओवादी र नेसपाबीच पार्टी एकता, यस्ताे छ ५ बुँदे सहमति


काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता भएको छ।

सोमबार ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकता घोषणा भएको हो।

साे क्रममा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र नेसपाका संयोजक गङ्गानारायण श्रेष्ठबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ।

उक्त एकतालाई समायोजन भनिएकाे छ। एकता घोषणामा पाँच बुँदे सहमति भएको घोषणा गरिएकाे छ। 

जसमा गंगानारायणलाई माओवादको केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबैलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारीसहितको कार्यविभाजन गरिने उल्लेख छ। 

यस्ताे छ पार्टी समायोजनसम्बन्धी निर्णयहरु

(१) पार्टीको मार्गनिर्देशक सिद्वान्त मार्क्सवाद-लेनिनवाद र माओवाद हुनेछ।

(२) पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ।

(३) समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गरिनेछ। तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ।

(४) पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिनेछ। कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पंक्तिभित्र छलफल गर्न सकिने छ।

(५) पार्टी समायोजनको नेतृत्व गर्नुभएका क. गंगानारायण श्रेष्ठलाई नेकपा (माओवाद केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ