शुक्रबार, २३ जेठ २०८२

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि छलफलमा जुटे पार्टीका नेताहरू


फाइल तस्बिर

काठमाडाैँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पार्टीका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा एसका नेताहरू छलफलमा जुटेका हुन्।

अध्यक्ष नेपाल भने गृहजिल्ला रौतहटमा रहेका छन्। भ्रष्टाचार मुद्दा दायर भएपछि  उनी आजै काठमाडौं फर्किँदै छन्।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। यससँगै नेपालको सांसद पदसमेत स्वतः निलम्बन भएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ