- असार ०६, २०८०
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय गरेकाे हाे । लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।
टिप्पणीहरू: