आइतबार, १३ मंसिर २०८३

इनम प्रकरणमा संसदीय छानबिन समिति गठन गरियाेस : आङ्देम्बे


काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्न माग गरेका छन्। 

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापालगायत अन्य व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय नभएको’ उल्लेख गरेका छन्। 

‘यो विधिको शासनमाथिको गम्भीर प्रहार हो। हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएका छन्। अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो। प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ। तैपनि प्रश्न गर्न चाहन्छु- सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ?’

यदि यस्तो भइरहेको हो भने यो राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय नभई राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती भएको उनको भनाइ छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ