- असार ०६, २०८०
काठमाडौँ। प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएकाे छ।
भोलि दिउँसो १ बजे बस्नेगरी बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठक सुरू भएलगतै प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले उठेर विरोध जनाएका थिए।
विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध गरेका थिए। त्यसपछि आजै दुईपटक बैठक स्थगित गरेपनि पुन: बस्न नसकेपछि भोलिका लागि सारिएकाे हाे।
टिप्पणीहरू: