शनिबार, २४ जेठ २०८२

संसद्मा बोल्न नपाएपछि ५ बजे पत्रकार सम्मेलन गर्दै गृहमन्त्री


फाइल तस्बिर

काठमाडाैँ। विपक्षी दलले संसद्मा बोल्न नदिएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन्।

संघीय संसद् भवनकाे ल्होत्से हल साँझ ५ बजे पत्रकार सम्मेलन गर्न लागिएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

भिटिज भिसा प्रकरणमा जाेडिएकाे आरोप लागेपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमार्फत प्रस्ट पार्न लागेका हुन्।

गृहमन्त्रीले भिजिट भिसा प्रकरणबारे संसद्मा आफ्ना कुरा राख्ने बताए पनि विपक्षीहरूको अवरोध कायमै राखेका छन्। गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि संसद् चल्न सकेन। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ