आइतबार, ०१ असार २०८२

रास्वपा र राप्रपाको नाराबाजीबीच संसद् बैठक जारी


काठमाडौँ। प्रतिनिधिसभाकाे बैठक बसिरहेकाे छ। बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो।

आज बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले अवराेध गरेकाे छ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विराेध जनाए।

त्यसपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि रास्वपा र राप्रपाका सांसदहरूले बेल घेरेर विरोध सुरु गरे। सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठक अवरोध जारी राखेका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ