- असार ०७, २०८०
काठमाडाैँ। नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको निन्दा गरेको छ।
कांग्रेसले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दैं घटनाको यथार्थ छानविन गरेर आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका उनीमाथि शनिबार नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ।
थापामाथि आक्रमण गर्ने केही व्यक्तिहरु पक्राउ परिसकेका छन्।
टिप्पणीहरू: