बुधबार, ०३ वैशाख २०८२

पूर्व राजाको सन्देश : बसिबिँयालोको तर्कना


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका छन । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान समेत गरे ।

पूर्वराजाको यो आशयको टिप्पणी पहिलो होइन । नारायणहिटीबाट नागार्जुन सरे लगत्तै हरेक वर्ष यहि आशयको विज्ञप्ती सार्वजनिक गर्ने गरेका छन् । यस कारण राजाले आरोप लगाए भन्दैमा मुलुकमा कुनै उथल पुथलको सम्भावना छैन ।

राजकीय पदबाट विश्राम लिएपछि कहिले तीर्थाटन त कहिले मुलुकभित्रै घुमफिर गरेर समय विताइरहेका पूर्व राजालाई बेला मौकामा कतिपय हिन्दुवासी संस्थाले राजाकै हैषियतमा सम्बोधन गर्दै सत्कार समेत गर्ने गरेका छन् ।

त्यस्ता गतिविधीमा सामेल हुँदा लाग्दो ‘फेरि पनि राजगद्दीमा बस्न पाए यस्ता सम्मान पटक पटक पाइन्छ ।’ दुई दुई पटक राजगद्दी सम्हालेका व्यक्तिलाई ‘फेरी हुन पाए’ जस्तो लाग्नु स्वभाविक पनि हो ।

माओवादी जनयुद्ध कितावमा मात्रै पढेका एकथरी युवा पुस्ता राजा आएसी देश ह्यात्तै सप्रिन्छ भन्नेमा छन् भने राप्रपालगायतका पार्टीको स्थायी नारा नै राजासहितको व्यवस्था छँदैछ । यी सबै घटनाक्रम नियालिरहेका र प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व शासन व्यवस्थाप्रति गम्भिर नभएकाले पनि पूर्व राजालाई बेला बेलामा सत्तामा ‘आउँ आउँ’ लाग्छ । उनको पछिल्लो विज्ञप्ती केबल बसिबियालोको तर्कना मात्रै हो ।

पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा वा केपी शर्मा ओली खराब हुन सक्छन् तर, यीनको विकल्प ज्ञानेन्द्र शाह हुने सम्भावा छैन ।

जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ