- असार ०७, २०८०
काठमाडौं, २२ पुस । विर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुव कुमार शिवाकोटीविरुद्ध बालिका बलात्कार अभियोगमा प्रहरीले मुद्दा दायर गरेको छ । स्वास्थ्यमा समस्या भएपछि विर्तामोड स्थित बि एण्डसी अस्पतालमा उपचारका क्रममा रहेका शिवाकोटी माथी उनकै घरमा काम गर्न बसेकी बालिकाले बलात्कार अभियोग लगाएकी हुन् ।
अभिभावक विहिन बालिकालाई सहारा दिने भनेर घरमा राखेका शिवाकोटीले पटक–पटक बलात्कार गरेको आरोप बालिकाले लगाएकी छिन् ।
बलात्कारको पीडाले आसाममा रहेका आफन्तको जान भन्दै हिँडेकी बालिकालाई गत मंसिर २४ मा आफन्त नेपाल नामक संस्थाका कर्मचारीले काँकडभित्ता नाकामा भेटेपछि बालिका बलात्कार भएको रहस्य सार्वजनिक भएको थियो ।
अहिले प्रहरीको संरक्षणमा रहेकी बालिकाले शिवाकोटीले आफुलाई ढाड मिच्न लगाएर पहिलो पटक श्रीमती अष्ट्रेलिया गएको बेला बलात्कार गरेको बताएकी छिन् । शिवाकोटी नेकपा एमालेबाट निर्वाचित पूर्व मेयर हुन् ।
टिप्पणीहरू: