शुक्रबार, २९ चैत २०८१

प्रधानमन्त्रीले भने - छात्रवृत्तिको सिट खाली छ, छिट्टो आउनुस्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेकाले आवेदन दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा लेख्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । ‘अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला ।’ 




टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ