शुक्रबार, ०५ वैशाख २०८२

प्रधानमन्त्री ओलीलाई भेट्न उपेन्द्र यादव बालुवाटारमा


काठमाडौं । बुधबार साँझ सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटघाट गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगेका छन् ।

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्ने सन्दर्भमा निर्णायक बनेको जसपालाई सत्तारुढ दलका नेताहरुले फकाइरहेका छन् ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग उनको छलफल चलिरहेको छ । 

अध्यादेशबारे अध्ययन गर्न जसपाले राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले गएको मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ