- असार ०६, २०८०
काठमाडाैं, २० मंसिर । माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको बिरोध गरेको छ । ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त बिरोध हुनेछ’– प्रवक्ता अग्नि सापकाटोले भने ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वक्याैता नतिर्नेहरुकाे लाइन काट्न थाले पछि प्रधानमन्त्री केपी शर्मा ओली र घिसिङकाे दुरी बढ्दाे छ । माओवादी केन्द्रले यसै विषयमा आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमिकरुपमा नै अघि बढ्ने याेजना बनाएकाे छ ।
टिप्पणीहरू: