शनिबार, ३० चैत २०८१

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

मंगलबारकाे बैठकमा प्रतिपक्षी दलहरु संसद् नियमावलीअनुसार नचलेको भन्दै उठेर विरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हाे ।

शून्य समय सकिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले अवरोध गरे ।

सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ती जनाए ।

उनले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरे । सभामुखको आसनमा रहेकी उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताइन् ।

नेकपा (माओवादी केन्द्र)लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताइन्।। तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाएनन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ