शुक्रबार, २९ चैत २०८१

प्रचण्डले चाखे भक्काकाे स्वाद


 काठमाडाै‌ ।   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अहिले विराटनगरमा छन्।

 विराटनगर-१ पोखरियास्थित आफ्ना ज्वाइँ जीवन आचार्यको घरमा बास बसेका प्रचण्ड अहिले सर्वसाधारण संग भेटघाटमा छन्। शनिबार बिहान घुम्न निस्किएका उनले सडक छेउमा बसेर भक्काकाे स्वाद लिए ।

भक्का चामलको पिठोबाट तयार गरिने पूर्वी तराईको स्थानिय परिकार हो। विराटनगर स्थित  ठूलो मिलचोकमा पुगेका प्रचण्डले राजवंशी समुदायका महिलाले बनाएकाे भक्का  र चिया खाए ।

प्रचण्डले शनिबार बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर- १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ