शुक्रबार, २६ पुस २०८१

प्रचण्ड भन्छन् – ठूला मिडियाका साहुहरु कसलाई बदनाम गराउनु छ योजना बनाएर लाग्छन्


काठमाडौं, १९ पुस । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली मिडियाका ठूला साहुहरु कसैको बद्नाम गर्नका लागि योजनावद्ध ढंगले अघि बढेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको काठमाडौं शाखामा पद हस्तान्तरण कार्यक्रममा सो आरोप लगाएका हुन् । ‘श्रमिक पत्रकारका समस्या एकातिर रहेको छ भने अर्कोतिर ठूला मिडिया साहुहरुले कसलाई बदनाम गर्नुछ योजना नै बनाएर उद्देश्यमूलक रुपमा मेनोबोरिङ गर्ने गरेका छन् ।’ उनले भने ।

पत्रकारितामा एकनासको अवस्था नरहेको भन्दै उनले यसरी गरिने बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने धारणा राख्दै महासंघलाई यस्ता प्रवृत्तिका विरुद्ध खबरदारी गर्न आग्रह पनि गरे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ